नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं,३० साउन । बिहिवारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहिवारका लागि तय गरिएको सचिबालय बैठक स्थगित भएको हो । गत सोमबारदेखि छलफल र परामर्श नपुगेको भन्दै पटकपटक स्थगित गर्दै आएको नेकपाको बैठक बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको सहभागी एक नेताले बताए । बैठकका लागि नेताहरु बालुवाटार पुगेपनि ओली बैठकस्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । भेटमा ‘ज्वरो आएको र जीउ दुखेको ओलीले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्