नेपालआर्थिक समृद्धि र विकासको नयाँ युगमाः प्रधानमन्त्री ओली


काठमाडौं १३ असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँयुगमा प्रवेश गरेको बताएका छन ।
बुधवार हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्ध्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।
२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । “हामीभूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले भने “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षागर्दछौं ।”
प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधानजारी गरेर,नयाँनिर्वाचनमार्फत सरकार गठन भइसकेपछि देश नयाँयुगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले भने “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं । ”
फेरी पनि भूकम्पआउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

oli3

प्रतिक्रिया दिनुहोस्