नेपालको सफलतामा भारतको सधै साथ र सहयोग रहने– नरेन्द्र मोदी


काठमाडौ, २९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सफलतामा भारतको सधै साथ र सहयोग रहने बताएका छन् ।शनिबार काठमाडौँ महानगरपालिकाले गरेको नगर अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार बताएका हुन् । नेपालको सफलतामा भारत काँधमा काँध मिलाउन तयार रहेको भन्दै उनले नेपाल आफ्नो आवश्यकता र प्राथमिकता अनुसार अघि बढ्दा भारत काँधमा काँध मिलालएर सहयोग गर्न तयार रहेको बताए। । उनले नेपालमा लोकतन्त्रको संस्थागत विकाससँगै समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा आफ्नो पुर्ण साथ रहेको भन्दै नेपाल र नेपालीको उज्वल भविश्यको कामना समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौ माहानागरपालिकाले नागरिक अभिन्दन सगैँ ५५ किलोको वुद्धमुर्ती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्