नेपालगञ्जबाट मधेसी नेतालाई लालबाबुको चेतावनी– ‘तपाईँहरुलाई राजधानीमा घर बनाउन मन्त्री बनाएको हो ?’


१ चैत । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान अहिले नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जको भव्य सभालाई सम्वोधन गर्दै लालबाबु पण्डितले एमाले तराई, पहाड र हिमाल सबैतिर भएको बताएका छन् । उनले एमालेले सबैतिर कार्यक्रम गर्ने हैसियत राख्ने पनि दाबी गरेका छन् ।

तराई–मधेसबाट एमालेलाई लखेट्ने धम्की दिनेहरु विदेशी दलाल भएको भन्दै उनले मधेसी मोर्चाका नाममा ५६ जना मन्त्री बनिसके पनि उनीहरुले राजधानीमा घर बनाउने आफू सम्पन्न बन्ने बाहेक केही नगरेको दाबी गरे । अहिले पनि राजधानीमा कोठा भाडामै बस्दै आएका लालबाबुले भने– ‘म मधेसी गरिव जनतालाई सोध्न चाहन्छु, मधेसी मोर्चाका नेताहरुलाई मन्त्री बनाएको राजधानीमा घर बनाउनका लागि हो ?’

उनले मधेसी मोर्चाका नेताहरुलाई लाठी र भाला त्यागेर आउन आग्रह गरे । ‘नेपालको झण्डा बोक्नुहोस एमाले तपाईहरुलाई स्वागत गर्न तयार छ,’ उनले भने, ‘सुस्ता मिचिदा, गोविन्द गौतम मारिदा एमाले जाग्छ । भारतको भात खाएर बसेकाहरु जाग्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्