नेपालमा अन्तराष्ट्रिय चलखेल बढ्यो –सचिव भट्टराई


१२ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले सरकारमा रहँदा आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रता र निर्णय लिन सक्ने क्षमतालाई गुमाउन नदिएको दाबी गरे । उनले फेरि मुलुकमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन् ।

माओवादी केन्द्र र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमति खारेज भई नयाँ सहमति भए एमालेसहितको सहमतीय सरकार निर्माण हुन सक्ने बताए ।

प्रेस चौतारी ताप्लेजुङले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, एमाले नेतृत्वको सरकारले घोषणा गरेको तहगत निर्वाचन, बजेट कार्यान्वयनलगायत विषयमा सहमति भए सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने धारणा राखे  । रासस

प्रतिक्रिया दिनुहोस्