नेपालमा नौ लाख बेरोजगार: सवैभन्दा कम प्रदेश ३ र सवैभन्दा बढी प्रदेश २ मा


काठमाडौं, १५ बैशाख । नेपालमा बेरोजगारको संख्या नौ लाख रहेको छ । भर्खरै सार्वजनिक भएको तेस्रो श्रम सर्वेक्षणमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बेरोजगार देखिएको छ । कुल श्रम गर्ने उमेर समूहमा ८० लाख नागरिक मध्ये ७१ लाख रोजगार देखिएका हुन्। यो तथ्यांकले ९ लाख अर्थात ११।४४ प्रतिशत बेरोजगार देखिन्छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेका छन् भने सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १०.२ प्रतिशत, प्रदेश २ मा २०.१ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत बेरोजगार रहेका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा ९ प्रतिशत,प्रदेश ५ मा ११.२ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत बेरोजगार रहेको सर्वेक्षणले देखाएको छ

प्रतिक्रिया दिनुहोस्