नेपालमा पनि धुमधासँग १ सय ९९ औं माक्र्स जयन्ती मनाइँदै


२२ वैशाख । कार्ल माक्र्सको १ सय ९९ औं जन्म जयन्ती आज नेपालसहित विश्वका माक्र्सवादीहरुले मनाउँदैछन् । माक्र्सको जन्म जर्मनीको त्रियेरस्थित यहुदी परिवारमा सन् १८१८ मे ५ तारिखमा भएको थियो ।

एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिका रुपमा माक्र्सलाई विश्वभर चिनिन्छ ।

माक्र्सकै विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद ९कम्युनिज्म०को जन्म भएको हो ।

नेपालमा दर्जन बढी राजनीतिक दलहरुले माक्र्सको विचारलाई पथप्रदर्शक सिद्धान्तका रुपमा मान्दै आएका छन् । नेपालका कम्युनिष्टहरुले पनि आज विविध कार्यक्रम गरी माक्र्स जयन्ती मनाउँदैछन् ।

युरोपको तत्कालीन समाज, अर्थतन्त्र र दर्शनशास्त्रको अध्ययनमा होमिएका माक्र्सले आइडियोलोजी, दास क्यापिटलदेखि कम्युनिस्ट घोषणापत्रसमेत लेखेका थिए । माक्र्सको ‘पूँजी’ सर्वाधिक महत्वको कृति मानिएको छ । उत्पादन प्रविधिका बारेमा विश्लेषण गरिएको यो कृति अर्थशास्त्रको दृष्टिले अति महत्व मानिन्छ ।

माक्र्सले फ्रेडरिख एंगेल्ससँग सहकार्यमा कम्युनिस्ट घोषणापत्र लेखेका थिए । कम्युनिस्ट घोषणापत्र लेख्दा माक्र्स ३० वर्षका युवक थिए । सन् १८४८मा कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको थियो । माक्र्सको कम्युनिष्ट घोषणापत्रमा राज्यविहिन, वर्गविहिन समाजको परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्