नेपालीभूमिमा हतियारसहित पक्राउ परेका यी हुन् भारतीय नागरिक


२६ जेठ । खुला सिमानाको फाइदा उठाउँदै नेपालमा हतियारसहित प्रवेश गर्ने एक भारतीय नागरिक नेपाली भूमिबाट पक्राउ परेका छन् । नेपाली सुरक्षाकर्मीले त्यसलाई सफलता मानेका छन् । सप्तरीको झुटकी गाविसबाट हतियारसहित ती भारतीय नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको पुष्टि गरेको छ । भारतको विहार राज्य मधुवनीका ३५ वर्षीय रमेश यादवलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

भारतीय नागरिक हतियारसहित नेपाल प्रवेश गरेको पोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल दन्तकाली गण बरमभिया र सशस्त्र प्रहरी पोस्ट बनैनियाँ प्रहरी उच्च सतर्कताका साथ यादवलाई पक्राउ गर्न सफल भएको हो ।

यादवको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको सिक्सर पेस्तोल एक थान र त्यसमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरेको जानकारी दिएको छ । यादवको साथबाट प्रहरीले एक थान नेपाली र एक थान भारतीय सिम कार्ड पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्