नेपालीलाई ठक्कर दिने जिप चालक हतियार सहित पक्राउ


काठमाडौ, २३ वैशाख । काठमाडौं गैरीधारा बस्ने लम्जुङ्ग सुन्दरबजारका ४२ वर्षीय सुमन थापा हतियार सहित पक्राउ परेका छन । थापा युएसए पेस्तोल १ थान, म्याग्जिन १ थान र ३ राउण्ड गोली सहित पक्राउ परेको प्रहरीले जनाएको छ । बसुन्धरा सडकखण्डमा शनिबार राति थापाले चलाएको बा.३ च १६५४ नम्बरको निशान जिपले बा.४० प ५७७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक स्याङजा पुतलीबजारका २६ वर्षीय सन्तोष नेपालीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्