नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक अपरान्ह बस्ने


४ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केही घण्टाका लागि सरेको छ ।  बैठक बिहीबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने तयारी भएको थियो । वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको बैठक अपरान्ह २ बजेसम्मका लागि सरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्