नेपाली कांग्रेस गुटगत विभाजनमा फस्योः नेता आचार्य


काठमाडौ, २४ चैत । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले पार्टी गुटगत विभाजनमा फसेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज बागलुङमा आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि काङ्ग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे ।
पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन’, नेता आचार्यले भने, ‘गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।’ पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।

सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्