नेपाली क्रिकेटलाई अर्को उपलब्धी, देवेन्द्र पनि ओडीआई एम्पायर


नेपालले घरेलु मैदान कीर्तिपुरमा बुधबार पहिलो एक दिवसीय क्रिकेट (ओडीआई) खेलेको छ । तर, पहिलो खेलमै ओमानसँग १७ रनले पराजित हुन पुग्यो ।

शनिबार नेपालले अमेरिकासँग दोस्रो ओडीआई खेल्दैछ । सन् २०१८ मा ओडीआई मान्यता पाएपछि पहिलो पटक नेपालले अफिसियल सिरिज खेलेको छ ।

धेरैले घरेलु मैदानमा नेपालले सिरिज जितेको हेर्न चाहिरहेको छ । तर, घरेलु मैदानको फाइदा भने नेपालले उठाइसकेको छ । घरेलु मैदानमा हुने ओडीआईमा एक जना घरेलु एम्पायर हुनुपर्ने प्रावधान छ । त्यसका लागि नेपालका बुद्धि प्रधानले नेपाल र ओमान बीचको खेल खेलाइसकेका छन् ।

बिहीबार भने नेपालबाट अर्का एक एम्पायरले ओडीआईमा डेब्यू गरेका छन् । नेपालका दुर्गानाथ सुवेदी ‘देबेन्द्र’ले ओडीआईमा डेब्यू गरेका हुन् ।

४३ वर्षीय देबेन्द्रले अमेरिका र ओमान बीचको खेल खेलाइएका छन् । सन् २००६ बाटै आईसीसी र एसीसी अन्तर्राष्ट्रिय प्रतियोगितामा एम्पायर रहेका उनले ओडीआईमा पनि आफ्नै घरेलु मैदानबाट डेब्यूको अवसर पाएका छन् ।

नेपालका बुद्धि प्रधानले भने २८ ओडीआई खेलमा एम्पायर गरिसकेका छन् । एसोसियट टीमको प्यानलमा नेपालका प्रधान, सुवेदी र विनय झा छन् । विनयले ओडीआई खेलाउने अवसर पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्