नेपाली जनताको सुरक्षामा केन्द्रित भएर काम गर्न सेनालाई रक्षामन्त्रीको निर्देशन


१२ भदौ । नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणलाई नेपाली सेनाले बधाई दिएको छ । आइतबार सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले रक्षमन्त्री खाँडको सम्मानमा परिचयात्मक तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले मन्त्री खाँणलाई बदाई ज्ञापन गरेका थिए । कार्यक्रममा सम्बन्धित विभागका रथीले नेपाली सेनाको इतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्यदिशा एवं अपरेशनल गतिविधि सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा मन्त्री खाँणले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा पु¥याउँदै आएको योगदानको उच्च कदर गरेका थिए । मन्त्री खाँणले नेपाल राष्ट्रको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको भन्दै नेपाली सेनाले नेपाल निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको भनेका थिए । उनले नेपाली सेनाप्रति आफ्नो एवम् सम्पूर्ण नेपालीहरुको उच्च सम्मान रहेको बताएका थिए । उनले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन समेत दिए । ‘नेपाली सेनाले सिमित साधन र श्रोतका भरमा पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मूल्यांकन गर्छु,’ मन्त्री खाँणले भने । कार्यक्रममा रक्षा सचिव महेश प्रसाद दहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्