नेपाली जनसम्पर्क समिती कोरियाको सभापतिमा आस्था विन्दु विजयी


दक्षिण कोरिया, २४ वैशाख । नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छ्न्। सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन्। अधिवेशन गराउन नेपाली काँग्रेसका नेताहरु महेन्द्र यादव, गगन थापा र गोविन्द भट्टराई सौल आइपुगेका थिए। दुई पटक अध्यक्षमा पराजित मल्लले यसपटक भने बाजी मार्न सफल भएकी हुन्। यस्तै उपसभापतिमा जितेन्द्र महता, महामन्त्रीमा कुमार थापा,सह महामन्त्रीमा मित्रबन्धु काफ्ले ,कोषाध्यक्षमा केपी चौलागाई विजयी भएका छन । यसैगरि सदस्यहरुमा पुष्कर राज भट्ट, रत्न लिंथेप, योगेन्द्र भट्टराई, ध्रुब पाण्डे, सिताराम तिमल्सिना, पुर्ण बरुवाल,खेमराज देवकोटा, सौरभ पौडेल,मनोज थापा,टिकाराम अधिकारी र नेत्र खत्री विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्