नेपाली सेनाले गर्‍यो अस्थायी सामूहिक आवास हस्तान्तरण


१० असार । नेपाली सेनाले निर्माण गरेकोे अस्थायी सामूहिक आवास भवन शुक्रबार स्थानीय गा.वि.स. सचिव र सम्बन्धित सरोकारवालाहरुको रोहबरमा स्थानीय सरकारी निकायलाई हस्तान्तरण गरिएको छ ।
०७२ को शक्तिशाली भूकम्पबाट विस्थापित भई पालमा जीवन निर्वाह गर्न बाध्य गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगा जिल्लामा नेपाली सेनाले आवास निर्माण कार्य सुरु गरेको थियो ।
ती जिल्लाका विभिन्न ३६ स्थानका ४ सय ६८ भूकम्प पीडित परिवारहरुलाई लक्षित गरी नेपाली सेनाद्वारा निर्माण गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
जसअन्तर्गत भौगोलिक विकटता, यातायातको असुविधा, सामानको उपलव्धता तथा प्रतिकुल मौसमको कारण धादिङ्ग जिल्लाको ५ स्थान, ओखलढुंगा जिल्लाको २ स्थान र काभ्रे जिल्लाको १ स्थानबाहेक अन्य सम्पूर्ण स्थानहरुको निर्माण कार्य सम्पन्न गरी शुक्रबारदेखि स्थानीय सरकारी निकायलाई हस्तान्तरणको कार्य प्रारम्भ गरेको पनि निर्देशनालयले जानकारी दिएको छ ।
भूकम्पबाट विस्थापित परिवारहरुका लागि अस्थायी सामूहिक आवास भवन निर्माण गर्न पुनर्निर्माण प्राधिकरणको अनुरोधमा रक्षा मन्त्रालयले जेठ १२ गते नेपाली सेनालाई पत्राचार गरेको थियो ।
सोही अनुरुप बर्षा अगाडि नै भूकम्प पीडितहरुलाई अस्थायी आवासमा सार्ने नेपाल सरकारको निर्णय बमोजिम भूकम्प पीडितहरुको जीवनयापनलाई सामान्यीकरण गर्न नेपाली सेनाले जिम्मेवारी पाए लगत्तै सामूहिक आवास निर्माण कार्यदल गठन गरेको थियो ।
करिब २ हजार तीन सय जनशक्ति परिचालित भई निर्माण कार्य प्रारम्भ गरेको सेनालाई १८ करोड ८८ लाख १६ हजार २ सय २६ रुपैयाँ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्