नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा विष्णु पौडेल तथा पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठ


काठमाडौ, ३ जेठ । एमाले माओवादीबीच आज गठन हुने एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय सचिवालय सदस्य गठन गरेको छ।
केन्द्रीय कार्यालयमा रहने नेताहरुको वरीयता पनि टुंगो लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।
बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्