नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई दलको मान्यता


काठमाडौं, २३ जेठ । निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई राजनीतिक दलका रुपमा औपचारिक कानुनी मान्यता दिएको छ । वुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई दल दर्ताको मान्यता दिइएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए ।
पार्टी एकीकरणपछि नेकपाले गत ३ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । अन्य पार्टीसँग नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईन दर्ता गरिएकोमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्णय अनुसार नेताद्वय सुबास नेम्बाङ र देव गुरुङले नेपाल कम्युनष्टि पार्टी(नेकपा) नाम परिवर्तनका लागि निवेदन दिएका थिए । नेता नेम्बाङले आयोगको वुधबारको बैठकले दलको हैसियतमा कानुनी मान्यता दिएको जानकारी दिँदै विहिबार १ बजे आयोगले प्रमाणपत्र दिनका लागि आमन्त्रण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्