नेपाल टेलिभिजनको अध्यक्षमा डा.महेन्द्र विष्ट


काठमाडौ, ३१ जेठ। नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. विष्टलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।विष्टलार्इ अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बस्कोटाले जानकारी दिए । विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन । लामो समय पत्रकारीता गरेका विष्ट इमेज टेलभिजनको समाचार प्रमुखको जेम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्