नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा मोहन घिमिरे


२ साउन । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा मोहन घिमिरे चुनिएका छन् । उक्त संगठनका अध्यक्ष पुण्य ढकाललाई निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्ष पठाउने निर्णय भएपछि महासचिव घिमिरेलाई केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

महिला उपाध्यक्ष सिन्धु पाण्डे आधिकारिक ट्रेड युनियनको कोषाध्यक्ष भएपछि उनको ठाउँमा सचिव भवानी दाहाललाई ल्याइएको छ । उपत्यका उपाध्यक्ष लेखनाथ कोइराला आधिकारिक ट्रेड युनियनमा जाने भएपछि सचिव रामहरि शर्मालाई उक्त जिम्मेवारी दिइएको छ ।trad_uniyan2868

उपाध्यक्ष रेवन्त गौतम महासचिव भएका छन् । आधिकारिक ट्रेड युनियन सदस्यमा पठाएपछि रिक्त उपाध्यक्ष र सचिवमा केन्द्रीय सदस्यबाट बढुवा गरिएको छ ।

उपाध्यक्षहरु जीवन काफ्ले, छत्रबहादुर शाह, लेखनाथ कोइराला, उमा तिमलसेना पनि आधिकारिक ट्रेड युनियनको सदस्य भएपछि ती पद खाली थिए । ती पदमा पनि विधान अनुसार पदपूर्ती गरेको घिमिरेले जानकारी दिए । केन्द्रीय सदस्यबाट उपाध्यक्ष हुनेहरुमा भुवन राई, हरिदत्त जोशी, मानबहादुर बिष्ट, दीपक राणा छन् । त्यस्तै केन्द्रीय सदस्यबाट शान्ति लुईटेल र भवानी खतिवडा सचिवमा बढुवा भएका छन् । रिक्त ७ केन्द्रीय सदस्य पनि संगठनले मनोनित गरेको घिमिरेले जानकारी दिए ।

अध्यक्ष चुनिएपछि घिमिरेले संगठनको गुट साउन दुई गतेबाट सधैँका लागि अन्त्य भएको जानकारी दिए । ‘अब संगठन एकतावद्ध भएर अघि बढ्छ,’ घिमिरेले भने, ‘म कसैलाई लाखा र कसैलाई पाखा गर्दिन ।’ उनले आगामी मंसिरमा अघिवेशन गर्ने जिम्मेवारी पाएको भन्दै निर्धारित मितिमै निर्वाचन गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्