नेपाल प्रज्ञा–प्रतिष्ठानमा उप्रेती पुनः नियुक्त


काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन ।
प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति भए ।

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरुको नियुक्ति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्