नेपाल प्रवेश गर्ने वित्तिकै कसैलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सकिन्नः माधव नेपाल


५ असोज । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल प्रवेश गर्ने वितिक्कै र नागरिकता लिन साथ कसैलाई पनि देशको राष्ट्रपति वा प्रधानमन्त्री बनाउन नसकिने दाबी गरेका छन् ।

शनिबार बारा–काठमाडौँ सम्पर्क मञ्चले दशैँ, तिहार र छटको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नेपाल प्रवेश गर्ने वित्तिक्कै र नेपालको नागरिकता लिने वितिक्कै कसैलाई पनि नेपालको राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सकिन्न,’ नेपालले भने ‘कसैले यस्तो सोचेको छ भने त्यो संभव छैन ।’

कार्यक्रममा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डजी धेरै बुँदामा चुकेर फर्किनु भयो,’ नेपालले भने ‘उहाँको भारत भ्रमण पूर्णरुपमा असफल भयो ।’

नेपालले अरुको रोडम्यापमा अघि सारिएको संविधान संशोधनको एजेण्डालाई एमालेले स्वीकार गर्न नसक्ने पनि दाबी गर्नुभयो ।

तराई–मधेस केन्द्रित दलको आन्दोलनलाई बेठीक भनेका नेपालले ९० प्रतिशतले जारी गरेको संविधानलाई कसैले गतल भन्यो भने त्यो पूर्वाग्रह मात्र भएको पनि दाबी गरे ।

उनले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियताका सवालमा एमाले कसैसँग पनि नझुक्ने दाबी गरे । उनले दलीय विचार फरक भए पनि संविधानमा असहमति राख्नु राजनीतिक चरित्र नभएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्