नेपाल–भारत सम्बन्धः सात पूर्वप्रधानमन्त्रीको अनुभव


२९ मंसिर । नेपाल–भारतबीचको सम्बन्ध कहिले सौहार्द रह्यो, कहिले कटुतापूर्ण । यी दुई छिमेकी देशबीच कहिल्यै पनि एकनासको सम्बन्ध कायम रहेन । तर, नेपालमा आफू अनुकूलका सरकार बनाउने, परिवर्तन गर्ने खेलमा भने भारतको सदैव चासो रहदै आएको यथार्थ सबैसामु छर्लङ्ग छ र त्यो चासो वर्तमानमा पनि उत्तिकै छ ।
नेपाल–भारतबीच सम्बन्धलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवि, पेशाकर्मीहरुको आ–आफ्नै अनुभव र भोगाइ छन्÷होलान् । तर, डा. विजयकुमार पौडेलद्वारा सम्पादित ‘नेपाल–भारत सम्बन्धः विगत, वर्तमान र भविष्य’ मा भने भारतसँग कटु र मीठा दुवै खाले अनुभव भोगेका ७ जना पूर्वप्रधानमन्त्रीले आ–आफ्नो दृष्टिकोण पस्केका छन् ।

इन्दिरा मलाई कमजोर बनाउन चाहन्थिन्ः बीपी कोइराला

bp-koirala

म राणा विरोधी लडाइँमा यसप्रकारले लडेको थिएँ । सबै ठाउँमा हामी लडाइँ जित्दै थियौँ । यता, श्री ५ भगाइए वा भागे । आखिर जे नहुनु थियो, त्यही भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौँ । दिल्ली गएपछि राजामाथि र हामीमाथि अरू नै हाबी भए । हामीले भनेअनुसार किन हुन्थ्यो ? हाम्रो योजनामुताविक राजालाई पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिल्यै हुने थिएन, जुन आज पनि हामी सबैले भोग्नुपरेको छ ।

आंशिक उपलब्धिलाई पनि हामीले स्वीकार ग¥यौँ । २०१५ सालमा बल्लबल्ल संसदीय निर्वाचन भयो । संविधानसभाको मुद्दालाई हामीले त्यसबखत छाडिदियौँ । एक प्रकारले त्यो थाँती राखेजस्तै थियो । त्यो निर्वाचनमा हाम्रो पार्टीले दुई तिहाइ बहुमत ल्यायो । पार्टी गठन गरेको १२ वर्षमै हामीलाई जनताको त्यति ठूलो विश्वास प्राप्त भएको थियो । म आज पनि त्यही जनताकै शक्ति र विश्वासमा अडिएर बहुदलीय पद्धति र प्रजातन्त्रका लागि लडिरहेको छु ।

२०१६ सालमा म निर्वाचित प्रधानमन्त्री भएँ । २०१७ साल पुस १ गते राजाले हामी सबैलाई समाते र सुन्दरीजलको सैनिक ब्यारेकमा बन्दी बनाए । २०२५ मा म जेलमुक्त भएँ । यहाँ बसेर राजनीतिक कामकारबाही गर्न अप्ठ्यारो भयो । भूमिगत रूपमा हामीले चाहेजस्तो गर्न सक्ने अवस्था रहेन । कम्युनिस्ट साथीहरूले हामीलाई सहयोग गर्नुपर्नेमा राजालाई सघाउन पुगे ।

राजाले मलाई प्रधानमन्त्री हुँदा सोधे– ‘प्रधानमन्त्रीजी, तपाईंको काठमाडौँमा घर छैन, त्यसैले एउटा घर बनाउनुस् । टंकप्रसादजीहरूले त घर बनाइसके ।’ राजाको कुरा बुभ्mन गाह्रो भएन । सबैलाई पैसा दिएर किन्न खोज्दा रहेछन् । मैले राजाको कुरा मान्ने कुरै भएन । त्यसपछि मलाई झनै राजाप्रतिको आस्थामा कमी आउन थाल्यो ।

भारत स्वतन्त्रतामा मैले भारतीयहरूको भन्दा कम योगदान पु¥याएको थिइनँ । त्यसैले हिजोको मुक्तिसेनाको सैन्य शक्तिलाई एक ठाउँमा ल्याउनु, तालिम दिनु अनि राजाका सेनालाई परास्त गर्नु हाम्रो अन्तिम लक्ष्य थियो । तर, समस्या पनि भारतमै थियो । भारतकै शक्तिको आडमा राजाले गर्नै नहुने गल्ती गरेका थिए । तथापि, हामीले त्यही देश रोज्यौँ र तयारीमा लाग्यौँ । आठ वर्ष प्रवास, खासगरी बनारसमा बस्दा हामीले पूरा तयारी गरेका थियौँ । हामीसँग भएका सेना र हतियारको दाँजोमा राजाका सेनासँग केही पनि थिएन । हामी अब राजाका सेनासँग लडाइँ लड्ने अन्तिम तयारी गर्दै हतियार बोकेर सीमानजिक हाम्रा सेना पठाउँदै थियौँ । तर, यो क्रम एक्कासि रोकियो । इन्दिरा गान्धीले भनिन्– ‘तपाईंसँग भएको हतियार अहिले बंगलादेशी जनतालाई दिनुहोस् । पछि तपाईंलाई हतियारको हतियारै दिन्छु, त्यो पनि अझ बढी ।’ हामीले नदिए त्यो हतियार भारत सरकारले आप्mनो कब्जामा लिन पनि सक्छ, मैले शंका गरेँ । आखिर मैले के सोचेँ भने मैले नदिए यिनीहरूले आफैँ लिन्छन् । जे भए पनि बंगलादेशी जनताले दिने धन्यवाद र यो समयको सहयोग यादगार पनि हुन्छ भनेर मैले आफैँले गिरिजाको जिम्मामा सुशील र चक्रलाई दुई ट्रक हतियारसहित बंगलादेश पठाएँ । अब त मसँग हतियार पनि छैन, पैसा पनि छैन । इन्दिरा गान्धी त मलाई सधैँ कमजोर बनाउन चाहन्थिन्, बनाइ पनि हालिन् ।

स्वतन्त्र राष्ट्रलाई कसैले पनि हस्तक्षेप गर्न पाउन्नः कीर्तिनिधि विष्ट

kirtinidhi

नेपालप्रति कुदृष्टि राख्नु भनेको नेपालको माटोमा पुरिन खोज्नु हो । नेपालको समृद्धिमा आदरणीय व्यक्तिहरूको योगदान बिर्सनुहुँदैन । हजारौँ वर्षदेखिका लाखांै पुर्खाले गरेको योगदानबाट प्राप्त स्वतन्त्र राष्ट्रमाथि गलत सोचाइ राख्नु भारत आफैँले आफ्नो अवनतिको बाटो समाउनु हो । भारतले एउटा कुरा स्पष्टसँग बुझ्नु जरुरी छ– नेपाली कसैसँग झुक्न जान्दैनन् । नेपाली अरूको दास बन्नुभन्दा बरु मर्न तयार हुन्छन् । भारतले विगतको इतिहास हेरे हुन्छ– ऊ स्वयम् बेलायतको अधीनमा हुँदा नेपाल कहाँ थियो ? नेपाल कहिल्यै झुकेन, झुक्नेछैन । नेपाललाई झुकाउन चाहने सबै समाप्त हुनेछन् ।

नेपाललाई अर्को छिमेकी देश चीनले सहयोग गरिरहेको छ । छिमेकीले गर्ने असल व्यवहार चीनले गरेको छ । हुन त चीनले पनि केही विषयमा नेपाल र नेपालीको मन दुखाएको छ । लिपु लेकका विषयमा भारतसँग सम्झौता गर्दा चीनले हामीसँग पनि छलफल गर्नुपथ्र्यो । लिपु लेकबारे नेपाललाई नसोधी चीनले भारतसँग सम्झौता गर्नु गलत थियो । अझै पनि त्यो गल्ती थियो भनेर कूटनीतिक माध्यमबाट चीनले सच्याउनैपर्छ, चीनले सच्यायो भने भारतको केही लाग्नेछैन ।

कसैले पनि स्वतन्त्र राष्ट्रमा हस्तक्षेप गर्न पाउन्न । मलाई ‘भारतविरोधी’ भन्छन्, तर म भारतविरोधी होइन । म नेपाल पक्षधर हुँ । राष्ट्र र राष्ट्रियताका लागि म हनुमान हँु । हनुमान जस्तो काल्पनिक शक्ति न होला, तर मानवताको हिसाबले म नेतृत्वमा छँदा देशको लागि के गरेँ, इतिहास हेरे हुन्छ । मलाई पदसँग कहिल्यै मोह भएन । सैनिक मिसन, पञ्चेश्वरजस्ता नेपालका स्वाभिमानमाथि कसैको हस्तक्षेप मेरा लागि स्वीकार्य थिएन र छैन पनि । नेपालको हितमा काम गर्दा कसैको विरोधी वा कसैको समर्थक भन्छन् भने मेरो भन्नु केही छैन ।

छिमेकीलाई हेपेर उद्देश्य प्राप्ति हुँदैनः लोकेन्द्रबहादुर चन्द

lokendra-bahadur

मेरो विचारमा भारतको परराष्ट्र नीति निर्माण गर्नेमा त्यहाँको जासुसी संस्था ‘रअ’, कर्मचारीतन्त्र, बहालवाला सैनिक नेतृत्वदेखि भूतपूर्व मेजर जनरल र भूतपूर्व सचिवहरूसमेत हाबी हुने गरेका छन् । नेपालमाथि नाकाबन्दी लगाउनेजस्तो अमानवीय कदम उठाउने सल्लाह तिनीहरूले नै प्रधानमन्त्रीलाई दिए होलान् जस्तो लाग्छ । भारतको राजनीतिक तह यहाँसम्म गिरेर यस्तो काम गर्दछ भन्ने मलाई लाग्दैन ।

म प्रधानमन्त्री हँुदाको समयमा भारतको राजनीतिक तहबाट यस्ता किसिमका दबाब वा नीतिहरू बेहोर्नु परेन । उनीहरूको तर्फबाट ‘यो गर, त्यो गर’ भनेर कहिले पनि दबाब आएन । त्यसको त म साक्षी नै छु ।

२०४६ सालको एउटा सम्झना छ । एउटा पारिवारिक कार्यक्रम थियो । त्यसबेला भारतका परराष्ट्रमन्त्री हुनुहुन्थ्यो, आईके गुजराल । उहाँ एकदम सहयोगी भावनाको हुनुहुन्थ्यो । त्यस्तै एक प्रसंगमा उहाँले मलाई भन्नुभएको थियो– ‘कर्मचारीहरूले तलमाथि गर्न सक्छन् । केही गर्नुपर्ने भए तुरुन्त मलाई तपाईंको परराष्ट्रमन्त्रीमार्फत वा आफ्नै अफिसबाट सिधै जानकारी गराउनुहोला ।’ त्यसैले, मेरो विश्वास छ– भारतको राजनीतिक तहबाट यो हदसम्मको नाकाबन्दीजस्तो अमानवीय काम हुन्छ भन्ने मलाई लाग्दैन । तर, अहिलेको सन्दर्भमा राजनीतिक तह पनि त्यो घेरालाई उछिन्न नसकेर हो वा सुझबुझ नपु¥याएर हो, नराम्रो काम गर्दै छ । यस्ता प्रकारका गतिविधिले हामीले त स्वयम् दु.ख पाउछौँ नै, भारतलाई पनि त्यसले कुनै फाइदा गर्नेछैन । जुन मुलुक राष्ट्रसंघमा स्थायी सदस्यका रूपमा जान खोजिरहेको छ, उसले छिमेकीलाई यसरी नै हेप्ने हो भने उसको उद्देश्य प्राप्ति होला त ? छिमेकीमाथि हेपाहा व्यवहार गर्नेले संयुक्त राष्ट्रसंघको स्थायी समितिको सदस्यता पाउन सक्दैन ।

हामीजस्ता भू–परिवेष्टित राष्ट्रको घाँटी थिच्दै आफू अघि बढ्न खोज्छ भने कुनै पनि तटस्थ सोच भएको मानिसले त ठीक भन्दै भन्दैन र हामी पनि जे–जे उपायहरू छन्, ती सबै अवलम्बन गर्नुपर्ने स्थितिमा आएका छौँ । अझै पनि आशा गरौँ, भारतीय पक्ष सुध्रिनेछ ।

भारतको व्यवहारका कारण नेपाली मनोविज्ञान शंकालु छः माधवकुमार नेपाल

mk-nepal

स्वभावतः नेपालका पनि आफ्ना संवेदनशीलता छन्, जसको ख्याल हाम्रा छिमेकी मित्रहरूले पनि गरिदिऊन् भन्ने नेपाल चाहन्छ । भारतको व्यवहारलाई लिएर नेपाली मनोविज्ञान शंकालु रहेको पाइन्छ । सन् १९५० को सन्धि, कोसी र गण्डकी नदीको पानीसम्बन्धी सम्झौता, सुस्ता र महेशपुरमा नेपाली जमिन कब्जा गरिएको कुरा, नेपालको कालापानीको केही भूभागमा भारतीय उपस्थितिजस्ता कारणले नेपालीहरूका मनमा भारतीय शासक वर्गप्रति त्यस्तो धारणा बन्न गएको छ ।

नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतमा जन्मिएको भन्दै गरिएको प्रचारले पनि नेपालीलाई सधैं संवेदनशील तुल्याउने गरेको छ । भारतीय पाठ्यपुस्तकहरूमा गौतम बुद्धलाई ‘भारतमा जन्मिएको’ भनेर लेखिनु वा ‘लुम्बिनी भारतमा पर्छ’ भनेर प्रचार गरिनुजस्ता कुरालाई पचाउन सकिँदैन । कहिले नेपालको सीमानजिकै भारतमा नक्कली कपिलवस्तु तयार गरिएको त कहिले नेपालको गौरव सगरमाथालाई ‘भारतमा पर्छ’ भनेर लेखिएको जस्ता कुराहरूले नेपालीको मन दुख्छ । आफ्नो संवेदनशीलतामा प्रहार भएपछि जोकसैलाई पनि सैह्य हुँदैन भन्ने कुरा हाम्रा मित्रहरूले पनि बुझिदिनुपर्दछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल आउँदा उनले नेपाल र नेपालीहरूको मनोविज्ञान र संवेदनशीलता बुझेर बोलेका थिए भन्ने लाग्छ । मोदीले ‘गौतम बुद्ध नेपालमा जन्मिएका थिए’ वा ‘नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो’ जस्ता कुरा बोल्दा संसद्मा जुन जोडदार ताली बजेको थियो, त्यो स्वाभाविक थियो । किनभने, भारतले नेपालको संवेदनशीलतालाई ख्याल गर्दैन भन्ने नेपाली आशंकालाई मोदीको बोलीले मेटाउने प्रयास गरेको थियो । साथै, नेपालको साँस्कृतिक सम्पदा र विशेषताको सम्मान भएन भन्ने नेपालीहरूको चिन्तालाई पनि यसले सम्बोधन गरेको थियो ।

मलाई भारतबाट निमन्त्रणा नै आएनः झलनाथ खनाल

jhalanath

म जतिबेला नेपालमा प्रधानमन्त्री भएँ, आफ्नै पार्टीको बलबुता र नेपालका राजनीतिक शक्तिको आपसी एकता, समझदारी र सद्भावमाथि आधारित भएर भएको थिएँ । प्रधानमन्त्री बन्ने बेलामा अन्तर्राष्ट्रिय चलखेलहरू व्यापक रूपमा हुने गर्दथे । त्यतिबेला पनि अनेक ढंगका चलखेलहरू भए, मलाई प्रधानमन्त्री हुन नदिन । तर, म संसद्बाट प्रधानमन्त्री निर्वाचित भएर आफ्नो निवासमा पुग्नासाथ, भनौँ सिँढीमा चढ्दै गर्दा भारतीय प्रधानमन्त्रीको फोन आएको थियो । उहाँले एकातिर मलाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना दिनुभयो भने अर्कोतर्फ चाँडोभन्दा चाँडो भारत भ्रमण गर्ने निमन्त्रणा पनि दिनुभयो । मैले ‘हुन्छ’ भनेँ र उहाँलाई धन्यवाद दिएँ । त्यसपछि मैले आफ्नो कार्यभार सुरु गरेँ ।

मेरो मिसन थियो– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढतापूर्वक रक्षा गर्ने । छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र संविधान निर्माण गर्नु नै मेरो प्रमुख मिसन थियो । त्यस मिसनमा दृढतापूर्वक लागि नै रहेँ । राष्ट्र रहे मात्रै हामी रहन्छौँ भन्ने कुरामा म स्पष्ट छु । मैले राष्ट्रियताको सवालमा कहीँकतैबाट प्रश्नचिह्न उठ्ने काम हुन दिइनँ । त्यसपछि मलाई भारतीय पक्षबाट कुनै पनि प्रकारको निमन्त्रणा आएन । म स्वतन्त्र देशको प्रधानमन्त्री थिएँ । देशलाई अगाडि बढाउने क्रममा आफ्नो बलबुताले भ्याएसम्म अहोरात्र खटिरहेँ ।

मैले छोटो समय देशको सेवा गर्ने मौका पाएँ । त्यो छोटो अवधि भए पनि मैले मुलुकमा शान्ति स्थापना र संविधान निर्माणको निम्ति सक्दो मिहिनेत गरेको हुँ । मुलुकको विकास–निर्माणका निम्ति मैले धेरै काम गर्न पाइनँ । तर, मुलुकको अस्मिताको रक्षाका निम्ति, मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई दृढतापूर्वक अक्षुण्ण राख्दै नेपालको कूटनीतिक क्षेत्रलाई पनि सही बाटोमा ल्याउने कुरामा जुन ढंगले काम गर्ने मौका पाएँ, त्यसका निम्ति गर्व गर्दछु ।

परनिर्भरता नै बाह्य हस्तक्षेपको कारण होः डा.बाबुराम भट्टराई

baburam

सुगौली सन्धिपछि जब यहाँ अङ्ग्रेजी रेजिडेन्सी खुल्यो, त्यतिबेलादेखि नै नेपालको राजनीतिक परिवर्तनमा अंग्रेजहरूको हात रहने गरेको थियो । कोतपर्वका बेलामा राजा राजेन्द्रविक्रम शाह लैनचौरको दूतावासमा शरण लिन पुगेको र उनीहरूले शरण नदिएर फर्काएको घटना हामी इतिहासमा पढ्छौँ । त्यसपछि १९५० सम्म आइपुग्दा नेपालको मन्त्रिपरिषद्मा भारतीय राजदूत नै रहने गरेको हामीलाई थाहा छ । हस्तक्षेपको यो ऐतिहासिक शृंखला अंग्रेजकै पालादेखि चल्दै आएको छ । त्यसो हुनुको पछाडि आन्तरिक रूपमा हामी कमजोर बन्दै जानु मुख्य कारण हो । राजनीतिक अर्थशास्त्रीय कोणबाट हेर्दा जब कुनै मुलुक कमजोर हुन्छ र आर्थिक रूपले परनिर्भर हुन्छ, त्यहाँ स्वतः हस्तक्षेप हुन्छ । फरक दृश्य र अदृश्यको मात्र हो । म अहिले पनि सुगौली सन्धिदेखिकै निरन्तरता देख्छु । जबसम्म नेपाल आर्थिक रूपले समुन्नत बन्दैन र हामीले आफ्नो अर्थतन्त्रलाई अन्तरनिर्भर बनाउन सक्दैनौँ, तबसम्म हामी पूर्ण रूपले बाह्य हस्तक्षेपबाट मुक्त हुन सक्दैनौँ । औपचारिक रूपमा त हामी स्वाधीन र स्वतन्त्र नै छौँ, संयुक्त राष्ट्र सङ्घको सदस्य छौँ, कहिल्यै कसैका उपनिवेश बनेका छैनौँ । तर, आर्थिक रूपले परनिर्भर रहुन्जेल व्यवहारतः हामीले स्वाधीनता र सार्वभौमसत्ताको प्रत्याभूत गर्न सक्दैनौँ । त्यस अर्थमा त्यो ऐतिहासिक असमान र परनिर्भर सम्बन्धको प्रतिफलस्वरूप नेपालमा बाह्य हस्तक्षेप छ । तर, त्यो रह्यो भनेर रुनु–कराउनुभन्दा यथार्थलाई बुझेर देशभित्रको आन्तरिक एकता कायम राख्ने, दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने र आर्थिक विकासमा जोड दिने ढङ्गले गयौँ भने यो परम्पराको अन्त्य गर्न सकिन्छ ।

हामीले भारतका सरोकारहरू बुझेका छौँः केपी ओली

kp-oli

नेपालका तर्फबाट केही समस्या छैन । हामी भारतसँग मिलेर काम गर्न चाहन्छौँ । स्रोतहरूको उपयोग पनि मिलेरै गर्न चाहन्छौँ । भारत भूगोलमा ठूलो छ, जनसंख्यामा ठूलो छ, विकासमा अगाडि छ । यसबाट हामी बेखुसी छैनौँ । त्यसबाट हामीलाई पनि राम्रै हुन्छ । हामी भारतले बाटो दिए वा भन्सार खुला राखिदिए खान पाउने नत्र भोकै मर्ने हुन चाहदैनौँ । त्यो हामीलाई अन्तर्राष्ट्रिय कानुनले दिएको छ । त्यसो गर्नुपर्दैन, भारतले त्यसो गर्न मिल्दैन । तर, हामीले भोगेका छौँ नि । ‘नाकाबन्दी छैन, हामीले लगाएका छैनौँ, तिमीहरूकै साथीभाइको कच्याककुचुक हो, हाम्रो सुरक्षा भएन र चालक जान मानेनन्’ भन्दै सवारी साधन रोकेको अनुभव त हामीसँग छ नि । एउटा मात्र देशबाट घेरिएको भए सायद त्यो हाम्रो ‘नसिब’ हुन्थ्यो । तर, हाम्रो त चीन पनि छिमेकी छ । चीनबाट पारवहन अधिकार प्राप्त गर्ने हाम्रो हक हो । एकछिन छाडिदिऔँ, नाकाबन्दी भारतले लगाएको होइन, त्यो हामी आफैँले लगायौँ, हाम्रा आफ्नैहरूले हामीलाई भोकै मार्न खोजे । जेसुकै होस्, वैकल्पिक बाटो भएपछि त हामी त्यसरी त मर्दैनौँ नि । हामीले हाम्रो बाटो बनाएर थप अनुकुलता खोज्दा भारतको विरोध भयो र ? यसबाट कहीँकतै भारतको विरोध भएको छैन, भारतको अहित गरेको छैन ।

हामी भारतको अहित सोच्दा पनि सोच्दैनौँ । हामीले भारतका जायज चासो, चिन्ता र सरोकारहरू बुझेका छौँ र तिनलाई सम्बोधन पनि गरेका छौँ । तर, केही सञ्चारमाध्यम र एजेन्सीहरू उनीहरूले भने अनुसार हुनुपर्छ भन्छन् । त्यो भारतको केन्द्रीय नीति अनुसार पनि छैन । आफूले भने अनुसार भएन भने तिनीहरूले त्यसलाई बढाएर र उछालेर आफ्नो ‘बिजनेस’ चलाउँछन् । केन्द्रीय राजनीतिक नेतृत्वले त्यस्ता खेल–तमासालाई रोक्नुपर्ने हो, अस्वीकार गर्नुपर्ने हो । त्यस्तो अनुचित खेल–तमासा नहुनेबित्तिकै नेपाल–भारत सम्बन्ध बहुतै सुमधुर र सुन्दर भएर जान्छ । नेपाल एउटा मित्र हो, मित्र भएर नपुग्ने ? आदेश तामेल गर्ने कारिन्दा चाहिने ? स्वाभिमान भएको राष्ट्रले त्यो कुरा मान्दैन ।

प्रतिक्रिया दिनुहोस्