नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने (सरकारको निर्णयसहित)


काठमाडौ, १० चैत । सरकारले भोलि मंगलबारबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।  कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो। कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्