नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक श्रेष्ठको निधन


वैशाख, ४ काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ बजे श्रेष्ठको निधन भएको हो ।

उनी करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।
पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरेका थिए । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्