नेप्से परिसूचक सोमबार ३६ अङ्कले बढ्यो


१३ असार । नेप्से परिसूचक सोमबार ३६ अङ्कले बढेको छ । बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता बढी आकर्षित भएसँगै सेयर बजारमा बढोत्तरी भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । एक हजार ६९३ बिन्दुबाट सुरु भएको नेप्से सोमबार एक हजार ७२१ बिन्दुमा पुगेको छ ।

सोमबार राष्ट्रिय बिमा संस्थानमा लगानी गर्नेले सबैभन्दा बढी कमाएका छन् । बिमा संस्थानको सेयर १० प्रतिशतले बढेको छ भने सेन्चुरी बैंकको पनि १० प्रतिशतले बढेको छ ।

जेविल्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन बैंक, लुम्बिनी बैंकको सेयर समान आठ प्रतिशतले बढेको छ । त्यसैगरी युनाइटेड फाइनान्स र सनराइज बैंक सात सात, गण्डकी विकास बैंक र सानिमा बैंकको सेयर छ छ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्