नेविसंघको बन्दशत्र स्थगन, भृकुटी मण्डपमा हो–हल्ला


२४ साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरुसहितको उपस्थितिमा आइतबार उद्घाटन भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ अधिवेशनको बन्दशत्र स्थगन भएको छ ।

आजबाट बन्दशत्र सुरु हुने भनिए पनि प्राविधिक कारण देखाउदै बन्दशत्र स्थगन गरेपछि महाधिवन नै नहुने हो कि भन्ने खतरा देखिएको छ । आइतबार भएको उद्घाटनशत्रमा बोल्ने अधिकांश नेताले महाधिवेशनमा टिके प्रथाको अन्त्य गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रमको अन्तिममा बोलेका कांग्रेस सभापति शेरवहादुर देउवाले समेत महाधिवेशनमा हस्तक्षेप नहुने भनेपछि प्रतिनिधिहरु निर्वाचन हुनेमा केही आशावादी बनेका थिए । तर, सोमबार विज्ञप्ति नै निकालेर प्राविधिक कारण देखाउदै बन्दशस्त्र स्थगन गरेपछि निर्वाचन हुन नदिने खेलमा नेतृत्व लागेको भन्दै प्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका छन् ।

मंगलबारसम्मका लागि बन्दशत्र स्थगन गरेपछि प्रतिनिधिहरु बन्दशत्र सुचारु गर्नु पर्ने भन्दै नारावाजीमा उत्रिएका छन् । महाधिवेसका लागि सोमबार हुने भनिएको बन्दसत्र स्थगन भएको छ । मुख्य सचिव शिव रिमालले विप्ति नै जारी गरेर केही जिल्ला र क्याम्पसहरुको प्रतिनिधिमा देखिएको प्राविधिक समस्याका कारण स्थगन भई मंगलबार दिँउसो २ बजेबाट बन्दशत्र सुरु हुने जानकारी दिएका छन् ।

विज्ञप्तिमा मंगलबार बिहान ८ बजेदेखि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुले पार्टी कार्यालय सानेपाबाट प्रतिनिधि कार्ड लिइसक्नु पर्ने उल्लेख गरिएको छ । तर, अहिलेसम्म कुन जिल्लाबाट कति प्रतिनिधि भन्ने कुनै टुंगो छैन । त्यसले पनि थप समस्या हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्