नेविसंघको सभापतिमा नैनसिंह महर विजयी


नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। बिहीबार सम्पनन्न मत परिणाम अनुसार  उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाइ ११९ मतले पछिपार्दै महर विजयी भएका हुन् । परिणाम अनुसार महरले १४३५ र आचार्यलाइ  १३१६ मत ल्याएका छन्।

त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्।

प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।

प्रतिक्रिया दिनुहोस्