नेवि संघका कारण स्ववियु निर्वाचनको वातावरण विथोलियोः अनेरास्ववियु (विज्ञप्तिसहित)


१७ फागुन । सानो ठिमी क्याम्पस भक्तपुरमा सोमबार राती भएको तोडफोड र आगजानीको अनेरास्ववियुले भत्र्सना गरेको छ ।

आन्तरिक विवाद मिलाउन नसकेर विभिन्न वाहनामा चुनाव विथोल्ने ध्याउन्नमा रहेको नेपाल विद्यार्थी संघले अनेरास्ववियुलाई आरोप लगाएको भन्दै अध्यक्ष नवीना लामाले त्यसको खण्डनसमेत गरेकी छिन् । ‘अनेरास्ववियु तोडफोड र आगजानीमा विश्वास गर्दैन,’ लामाले पहिलो न्युज डटकमसँग भनिन्, ‘सानो ठिमी क्याम्पसमा भएको घटनामा अनेरास्ववियुको कुनै संलग्ना छैन । तर, नेवि संघले हामीलाई आरोप लगाएको छ । त्यसको हामी भत्र्सना गर्छौ ।’

लामाले देशभरीका क्याम्पसमा भएको तोडफोड र आगजानीका घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेकी छिन् । अनेरास्ववियले निर्वाचन चाहे पनि विभिन्न विद्यार्थी संंगठनका कारण निर्वाचनको वातावरण नवनेको अनेरास्ववियुको आरोप छ । यही फागनु १८ मा स्ववियु निर्वाचन हुने भनिए पनि देशभरीका ६० आंगिक क्याम्पस मध्ये २२ वटा क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्