न्यायधीश गोपाल पराजुलीको तेस्रो जन्म मिति फेला पर्‍यो (हेर्नुहोस् प्रमाणसहित)


काठमाडौं । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीको उमेरबारे अर्को नयाँ तथ्य फेला परेको छ । दुइटा जन्ममितिका कारण विवादमा तानिएका पराजुलीले अर्को एउटा सरकारी अड्डामा तेस्रो जन्ममिति पेस गरेको प्रमाण फेला परेको छ ।p2

सर्वोच्को वेबसाइटमा उल्लेख गरिएको जन्म मिति र उमेर छल्न पछि न्यायपरिषद्मा पेस गरेको जन्ममिति फरक परेपछि विवादमा तानिएका न्यायाधीश पराजुलीले कर्मचारी सञ्चयकोषको कर्मचारी विवरणमा ती दुईभन्दा भिन्नै जन्ममिति उल्लेख गरेका छन्, जुन कुरा बाहिर आएको छैन । अहिलेसम्म प्राप्त कागजातहरू हेर्दा न्यायाधीश पराजुलीको जन्ममिति तीनवटा छन् । एउटा २०१० वैशाख १६, दोस्रो २०१० वैशाख १३ र तेस्रो २००९ साउन २१ । सर्वोच्च अदालतको वेबसाइटमा उनको जन्ममिति १९५३ अप्रिल २८ छ । त्यसलाई विक्रम संवत्मा रूपान्तरण गर्दा २०१० वैशाख १६ हुन्छ । सञ्चयकोषको कर्मचारी विवरणमा २०१० वैशाख १३ छ भने न्यायपरिषद्को बुलेटिनमा १९५२ अगस्ट ५ अर्थात् २००९ साउन २१ छ ।p1

न्यायाधीश पराजुलीले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०३० साउन २१ मा नागरिकता लिँदा त्यहाँ जन्ममिति उल्लेख थिएन, वर्ष २१ भनिएको थियो । तर, त्यसको प्रतिलिपि काठमाडौंबाट लिने बेलामा नै उनले उमेर घटाएका थिए । जिल्ला प्रशासन कार्यलय काठमाडौंमा प्रतिलिपिका लागि उनले बुझाएको फाराममा वर्ष २१ लाई वर्ष २० बनाएर पेस गरेका थिए ।

न्यायसेवामा उनको अवधिका आधारमा यी तीन ठाउँमा उल्लेख गरिएका विवरणमध्ये सबैभन्दा आधिकारिक न्यायपरिषद्मा पेस गरिएको विवरणलाई नै मानिन्छ । त्यहाँ उनको जन्ममिति २००९ साउन २१ छ । यस आधारमा उनको प्रधानन्यायाधीशको कार्यकाल मात्र दुई महिनाको हुन्छ । तर, सर्वोच्चको वेबसाइट र सञ्चयकोषमा उल्लेख जन्ममितिअनुसार भने प्रधानन्यायाधीशका रूपमा उनको कार्यकाल ११ महिनाको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्