न्युरो अस्पतालको नाम परिवर्तन गरेर उपेन्द्र देवकोटा मेमोरियल राखिने


काठमाडौं ७ असार । वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएपछि उनीाद्धरा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।

डाक्टर देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ् न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ नामकरण गरिएको छ । उनले भने , ‘कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिट्टै थालिने छ ।’
एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डाक्टर देवकोटाको गएको सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डाक्टर देवकोटा ६ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस्