पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु


काठमाडौं,१० भदौ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्। मृतकमा कैलालीका २ जना, महत्तोरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्