पछिल्लो २४ घण्टामा ६७ जना अस्पतालबाट डिस्चार्ज, कोरोना निको हुनेको संख्या १०४१ पुग्यो


काठमाडौ, १ असार । सोमबार ६७ जना कोरोना सक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । यो सहित कोरोना निको हुनेको संख्या १ हजार ४१ पुगेको छ। कामा कोरोनाभाइरस देखिएको छ।

प्रतिक्रिया दिनुहोस्