पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

काठमाडौं,३१ भदौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।