पत्रकारलाई पनि सरकारबाट मासिक पेन्सन !


काठमाडौ, ७ जेठ । लामो समयदेखि पत्रकारितामा आवद्ध पत्रकारको जीवनयापनका लागि सहयोग गर्न पत्रकार वृत्ति कोष स्थापना भएको छ । सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले कार्यभार सम्हालेको ६० दिन नपुग्दै आम पत्रकारहरुका लागि ऐतिहासिक काम भएको छ । ५/६ वर्ष अघि देखि चर्चामा रहेको तर पुरा हुन नसकेर करोड /करोडको बजेट समेत ल्याप्स हुँदै आएको बजेट यस आथिएक वर्ष २०७४/०७५ मा ल्याप्स नहुने भएको छ । राज्यमन्त्री बाँस्कोटाको सक्रियतामा यही आ.व.देखि घटीमा २ करोडको पत्रकार वृत्ति कोष स्थापना तथा संचालन निर्देशिक २०७५ कार्यान्वयनमा आउन सम्भव भएको हो । यो निर्देशिका कार्यान्वयन हुन थालेपछि पत्रकारहरुले जीवन निर्वाह नभएतापनि औषधिमुलोको लागि मासिकरुपमा पेन्सन सुविधा पाउने छन । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्