पत्रकार भण्डारी इलाममा सम्मानित


२६ मंसिर । झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई इलाममा सम्मान गरिएको छ । अठ्सठ्ठिऔँ विश्व मानवाधिकार दिवसका अवसरमा मानवाधिकार मञ्च इलामले मानवअधिकार वर्ष पत्रकारिता पुरस्कारबाट भण्डारीलाई १० हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै सम्मानित पत्रकार भण्डारीले दस वर्षीय सशस्त्र द्वन्द्वमा पनि सञ्चारकर्मीले चलाएको कलमले मुलुकमा ठूलो परिवर्तन सम्भव भएको विचार व्यक्त गरेका थिए । मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिले अहिले पनि यदाकदा मानवाधिकार उल्लङ्घनका घटना भइरहनु दुःखद भएको विचार राखेका थिए । 

प्रत्येक वर्ष डिसेम्बर १० मा प्रदान गरिने सो पुरस्कारबाट यसअघि विराटनगरका पत्रकार यज्ञ शर्मा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्