पत्रकार महासंघको टोली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता


काठमाडौ, १५ वैशाख । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संविधानले ब्यबस्था गरेको प्रेस स्वतन्त्राता कुन्ठित नहुने गरि कानुन बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आइतवार बिहानै प्रचण्ड निवासमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोबिन्द अचार्यसहितका महासंघ पदाधिकारीहरुसंग भएको भेटमा अध्यक्ष प्रचण्डले सो प्रतिवद्दता व्यक्त गरेका हुन । भेटमा महासंघका अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रता र लोककल्याणकारी बिज्ञापन लगायतका विषयमा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण–पत्र बुझाएका थिए । पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने, नेपालको ठुला राजनैतिक परिवर्तनमा महासघंको ठूलो भुमिका छ। म अहिले जहाँ छु त्यसमा तपाईंहरूको भुमिका छ’ भन्दै आफु पहिलोपटक प्रधानमन्त्री हुँदा लोककल्याणकारी बिज्ञापन शुरु गरेको बताए ।प्रचण्डलाई बुझाइएको उक्त पत्रमा ३० वर्ष पत्रकारिता गरेकालाइ भत्ता को ब्यवस्था गर्न र गिरफ्तार पत्रकार जितेन्द्र श्रेष्ठ लाई रिहा गर्न पनि महासंघले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्