पत्रकार सेजुवाललाई उपचारका लागि चौतारीद्वारा ८१ हजार सहयोग


१० साउन । प्रेस चौतारी नेपालले काठमाडौँमा उपचारत मुगुका पत्रकार जीवन सेजुवाललाई रु ८१ हजार आर्थिक सहयोग गरेको छ ।

चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनलाई चौतारीका अध्यक्ष गणेश बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत सेजुवाललाई सो सहयोग प्रदान गरेका हुन् ।

‘चौतारीले धन भएर उहाँलाई सहयोग गरेको होइन्,’ अध्यक्ष बस्नेतले भने, ‘चौतारी मनको धनी भएकाले मात्र यो सहयोग गरेको हो ।’ गत जेठ १४ गते सेन्टरमा भर्ना भएका सेजुवाललाई ढाडको नसा च्यापिएर ‘बोन टिबी’ भएको छ ।

गत असार २६ गते उनको ढाडको शल्यक्रिया भएको थियो । उनको उपचारमा डा गौरवराज ढकाल र डा सन्तोष पौडेल संलग्न छन् । सेजुवाललाई तीन महिना घरमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

‘अन्नपूर्ण पोष्ट’का स्थानीय संवाददाता उनलाई यसअघि नेपाल पत्रकार महासङ्घले रु १५ हजार सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्