पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको भूकम्प


९ माघ । पपुवा न्युगिनीमा फेरि भूकम्प गएको छ । विभिन्न सञ्चारमाध्ययमहरुले जानकारी दिए अनुसार आइतवार ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण सुनामी आउन सक्ने आशंका गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको हो । नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्