परम्परागत नेपाली वर्णविन्यासको अस्तित्व नमेट्न माग गर्दै सर्वोच्चमा रिट


२४ भदौ । परम्परागत नेपाली वर्णविन्यासको अस्तित्व मेटिने गरी तयार पारिएको नयाँ निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा संविधानको धारा ७ को उपधारा ३ , धारा ३१ तथा धारा ३२ को उपधारा ३ बमोजिम उत्पेषण माग गर्दे रिट दायर गरिएको छ ।

अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले ०६९ साल साउन २२ गते तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय बैठकबाट लागू गरेको परिमार्जित वर्णविन्यास खारेज गरिनुपर्ने माग रिटमा उल्लेख गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन तथा प्रकाशन शैली पुस्तिका बदर गर्न माग गरिएको छ । परिमार्जित पाठ्यक्रम लागू हुँदा अहिले विद्यालयहरूमा पठनपाठनमा समस्या भएको रिटमा उल्लेख गरिएको छ ।

नयाँ निर्णय अनुसार तयार पारिएको व्याकरण पुस्तिका, पाठ्यक्रम र उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले तयार पार्न लागेको नयाँ पाठ्यक्रम लागू हुन–नहुने पनि निवेदकद्वयले जोड दिएका छन् । प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काई भाषासम्बन्धी आयोग गठन गरेर मात्र नयाँ वर्णविन्यास लागू गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।

रिटमा उल्लेख गरे अनुसार पूर्ववत् रुपमा भाषाको विकासका क्रममा शुद्ध मानिँदै आइएको र सोही अनुसार सरकारी प्रकाशन बृहद् नेपाली शब्दकोशले समेत मान्यता दिएका शब्दहरुलाई हाल अशुद्ध मानी सो निर्णय बमोजिम हालैको सबैभन्दा पछिल्लो कक्षा सातको अनिवार्य नेपाली विषयको पुस्तक नेपाली कक्षा ७ को पाठ्यपुस्तकको पाठ १ को परिचय शीर्षकको कविताका कवि सिद्धिचरण श्रेष्ठको नाम पूरानोलाई अशुद्ध मानी नयाँ शुद्ध भनी ‘सिद्धिचरण’ बनाई प्रकाशित गरिएको छ । त्यसैगरी पाठ ५ को पृष्ठ संख्या ३६ र ३७ मा झमक कुमारी घिमिरेको मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूल’ लाई ‘फूल’ को स्थानमा ‘फुल’ बनाइएको छ भने ‘काँडैकाँडाको वीचमा फुलेकी एक सुन्दर फुल’ भनिएको छ ।

जसको अर्थ स्थापित शब्दकोश अनुसार झमक कुमारी कुखुरीको फुल भन्ने हुन्छ । त्यसैगरी पृष्ठ ३९ मा ‘सिद्धार्थ’ लाई सिद्धार्थ बनाइएको छ भने ‘बौद्धिक’ लाई बौद्धिक बनाइएको छ । यी उदाहरणहरुजस्तै पछिल्लो पटक केही समय अघि मात्र चालु शैक्षिक सत्रका लागि प्रकाशित सबै अनिवार्य नेपाली पाठ्यपुस्तकमा यस्तै प्रकारका स्थापित नियमलाई अशुद्ध मानेर प्रकाशित गरिएको छ भने बाँकी कक्षा १० को सोही बमोजिम हालसम्म प्रयोगमा रहेको र मान्यताप्राप्त सुस्थापित व्याकरण तथा वर्ण विन्यासको नियमलाई खारेज गरेको एकपक्षीय निर्णयका आधारमा वर्ण विन्यासको शैली र व्याकरण प्रयोग गरी विपक्षीहरुले प्रकाशित गर्ने योजनामा रहेका छन् ।
रिटमा प्रधानान्त्री तथा मन्त्री परिषदको कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर , नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादिलाई विपक्षी बनाइएको छ ।
त्यस्तै सो रिटमा संस्कृति (सम्+स्+कृ+ति) ले मानव–समाजलाई सभ्य र अनुशासित हुन प्रेरित गरेको छ । भाषा मानवीय सम्पत्ति हो । यसै गरी संस्कृति पनि मानवीय सम्पत्ति हो । संस्कृत भाषा र संस्कृतिका वीचमा अन्योन्याश्रित सम्बन्ध छ । संस्कृत लिच्छविकालीन नेपालको राजभाषा थियो । यसकारण संस्कृत नेपालको आफ्नै भाषा हो । नेपाली भाषा संस्कृतबाटै बनेको यथार्थ सर्वस्वीकार्य भएको सन्दर्भमा शब्दनिर्माण–प्रक्रियाका अधिकांश विधानहरू संस्कृतसँग मिल्दाजुल्दा देखिन्छन् । नेपाली भाषाको लिपिचिह्न, सन्धिनियम, शब्दव्युत्पादन र पदयोग–पदवियोग जस्ता कुरामा संस्कृतको प्रभाव स्पष्टतः देखिन्छ ।

उच्चारणविधिमा पनि संस्कृत भाषा र नेपाली भाषामा प्रायः समानता छ । नेपाली भाषाको सोझो साइनो संस्कृतसँग जोडिएको छ । नेपाली भाषा लेख्दा प्रयोग गरिने वर्णविन्यासको प्रयोग समयक्रमसँगै अझै सरलीकृत हुँदै गयो र यसलाई सबैले पछ्याउँदै समेत आए । जस्तै हामीले अहिले लेख्दै आएका वर्ण अ, झ, ण पहिले अर्कै शैलीमा लेखिन्थे ।

भाषा जति सहज र सरल बन्दै जान्छ त्यसलाई प्रयोग गर्नेहरुको संख्या पनि बढ्दै जान्छ । हिजो लिच्छवीकालीन समयमा बोलिने भाषा, त्यसपछि मल्लकालमा र शाहाकालमा बोलिने भाषाको संस्कृतबाट रुपान्तरित हुँदै सिंजाबाट नेपाली भाषाको विकास हुँदै अहिले नेपाली भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाको विकाससम्म आइपुग्दा भाषाको बोल्य (वाच्य) पक्ष र लेख्य पक्षको अहिले सम्मको वास्तविक स्थिति के हो भन्ने बुझ्न सकिन्छ भन्ने उल्लेख गरिएको छ ।

साथै सो रिटमा
संयुक्त प्रक्रियागत निर्णयबाट राष्ट्रिय विभूति तथा सम्माननीय राष्ट्रपतिज्यूको शुभनाम नै अशुद्ध हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारी हुनु पर्नेमा रास्टरपति विद्द्या देवी भन्डारी र गौतम बुद्धलाई गउतम बुद्ध लेख्नः बाध्यकारी हुने गरी स्थापित व्याकरणले हालसम्म सही मानेको शब्द र वर्ण विन्यासलाई अर्कै बनाएर लेख्नु पर्ने गरी नियम लागू गर्ने र सोही नियमका आधारमा विद्यार्थीलाई प्राथमिक कक्षासम्म बानी परेको पूरानै ठीक भाषालाई सुधारका नाममा नयाँ तरिकाबाट लेख्न लगाउन नत्र परीक्षामा अनुत्तीर्ण गराउन निर्देशन सहितको भर्खरै लागू गरिएको नयाँ अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरी प्रकाशित गरिएको छ । जुन भाषा विकासको वैज्ञानिक नियमको विपरित छ ।

भाषा कसैको आदेशबाट होइन, क्रमिक विकासबाट स्थापित हुने हो । २०७२ फागुन २८, २९ र ३० गते काँकरभिट्टामा प्रायोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी’का निर्णयहरू हाल कार्यान्वयन हुनेबित्तिकै ‘रास्ट्रिय बिभुति गउतम् बुद्ध’ तथा ‘रास्ट्रपति बिद्द्यादेबि भन्डारि’ लेख्नुपर्ने हुन्छ, नत्र विद्यार्थीले दण्डित हुनुपर्ने निश्चित छ । र, पूरानै रुपमा शुद्ध लेख्दा समेत अशुद्ध मानी अनुत्तिर्ण ठानी परिणाम आएपछि आत्महत्या गर्नु पर्ने सम्मको स्थिति नआउला भन्न सकिन्न भन्ने विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्