परराष्ट्र मन्त्री कमल थापा दिल्ली प्रस्थान


२८ जेठ । उप–प्रधान तथा परराष्ट्र मन्त्री कमल थापा शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । दक्षिणएसियाली विश्वविद्यालयको नयाँदिल्लीमा हुने दीक्षान्त समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दुई दिने भ्रमणका क्रममा दिल्ली गएका थापाले त्यहाँ उच्चस्तरको राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठले दिएको जानकारी अनुसार उनी दिल्ली पुगे लगत्तै प्रेस क्लब अफ इण्डियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भए । थापा आइतबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्