परिक्षण बिनै भारतबाट फलफुल र तरकारी ल्याउन दिने सरकारी निर्णयको सत्तारुढ दलकै विद्यार्थीको विरोध


काठमाडौं,२१ असार । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्वीयुले भारतबाट आयातित विषाक्त फलफुल र तरकारी परिक्षण बिनै नेपाल ल्याउन दिने सरकारी निर्णयप्रति विरोध जनाएको छ । अनेरास्वीयुका कार्यवहाक अध्यक्ष रन्जीत तामाङले शनिबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि शक्ति केन्द्रहरुको अनुचित दवाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सिमा क्षेत्रमा परिक्षण गरेर मात्र प्रवेश गराउने पुर्ववतः निर्णयमा अडिग रहन सरकार र अन्य सम्वद्ध मन्त्रालयलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्