पर्यटन विकासमा सडक, सञ्चार र रेलको कनेक्टिभिटी मुख्यः प्रचण्ड


काठमाडौ, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको चाहाना नेपालको पर्यटन क्षेत्रको विकास गर्ने रहेको बताएका छन् । खुलटारमा बुधबार बिहान चीनको राजधानी बेइजिङका उपाध्यक्ष लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग भेटमा अध्यक्ष प्रचण्डले मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने रहेको बताएका हुन। उनले भने, त्यसका लागि ‘कनेक्टिभिटि’ नै मुख्य हो । सडकको ‘कनेक्टिभिटि’, रेलको ‘कनेक्टिभिटि’ र संचारको ‘कनेक्टिभिटि’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पर्यटन क्षेत्रको विकासका लागि चीनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने बताए ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका बिषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्