पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप हुँदा गाउँपालिकाका पार्टी सचिवको मृत्यु


पर्सा,७ कात्तिक ।  पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप हुँदा गाउँपालिकाका पार्टी सचिवको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाइते रहेका चौरसियाको उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।  कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिए । २ जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्