पशुपतिनाथ मन्दिर भारत र नेपालका भक्तका लागि समानरुपमा श्रद्धाको केन्द्रः प्रणब मुखर्जी


१८ कात्तिक  । भारत गणराज्यका राष्ट्रपति प्रणब मुखर्जी हिन्दुहरुको आस्थाको केन्द्र मानिएको पशुपतिनाथको दर्शन गर्न बिहीबार बिहानै पशुपतिनाथको मन्दिर पुगे ।

मन्दिर परिसरमा मुखर्जीले बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पूजाअर्चना मात्र गरेनन् । उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हरियो मसीले लेख्दै पशुपतिनाथ मन्दिर भारत र नेपालका भक्तका लागि समानरुपमा श्रद्धाको केन्द्र भएको पनि उल्लेख गरे ।

करिब एक घण्टा त्यहाँ विताएका मुखर्जीले पशुपति मन्दिरमा विशेष पूजाअर्चना गर्दा आफूलाई आनन्द महसुस भएको समेत उल्लेख गरे । हिन्दी भाषामा उनले आगान्तुक पुस्तकमा ‘पवित्र पशुपतिनाथ मन्दिरमा पुनः आएर मलाई प्रशन्नताको अनुभूति भइरहेको भन्दै सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वको स्थान भएको पनि उल्लेख गरे ।  उनले ‘नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला’मा भारतीय सहयोगका लागि समेत खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्