पशुपतिशम्शेर जबराले ल्याए तराईमा दुई प्रदेशको प्रस्ताव


१६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले अब बन्ने सरकार स्थिर हुने गरी दलबीच गठबन्धन बनाउनुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले स्थिर सरकार बन्न सके मात्रै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्भव हुने बताए ।

राप्रपा अब बन्ने सरकारमा सहभागी हुने कि नहुने भन्नेबारेमा राप्रपा नेपालसँग हुने छलफलले निर्णय गर्ने उनको भनाइ थियो । उनले दुई पार्टीबीचको एकीकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने जानकारी पनि दिए ।

नेता राणाले मधेसलाई दुई प्रदेश बनाएर समाधान खोज्नुपर्ने औल्याए । नयाँ बन्ने सरकारले तत्कालै नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सुनिश्चित गर्नुपर्ने औल्याउँदै उनले नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्दै अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्