पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय खोल्ने

काठमाडौं, २१ माघ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ।
पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ।
कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ। त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए।