पहिरोमा पुरिएर एकै घरका तीन बालबालिकाको ज्यान गयो


सल्यान, १८ भदौ । सल्यानमा पहिरोमा पुरिएका तीनजना बालबालिकाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको हो । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि डाँगीकी १० वर्षीया छोरी ललिता, सात वर्षीय छोरा ललित र चार वर्षीया छोरी मेनकाको मृत्यु भएको हो । पहिरोमा पुरिएर हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा प्रहरीले सोमबार विहान उनीहरुको शब फेला पारेको हो । बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्