पहिरो पिडित २०६ परिवारलाई राहत बितरण


मदन वि.क.

१९ साउन । दुई साता अघिको अविरल वर्षाका कारण पहिरो वाट पिडित बनेका बाजुरा जिल्ला बडिमालिका –९ जिल्ली र ४ रजालीका २०६ पहिरो पीडित परिवारलाई राहत बितरण भएको छ । पहिरोले सो वडाका पाँच वटा बस्तीका १ सय ८८ परिवार बिस्थापित बनेका थिए भने बाँकी १८ परिवार आसिंक रुपमा विस्तापित भएका थिए ।

गएको सोमबार कारितास नेपाल र फियान नेपालको समन्वयमा राहत बितरण भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताएका छन् । बिस्थापित परिवारलाई १ सय कुन्टल चामल, ९ कुन्टल ५० केजी दाल, ३ कुन्टल ६७ केजी नुन, ३ सय ७८ पिस कम्मल, ३ सय ७८ सल गरि १६ लाख मुल्य बराबरको बितरण गरिएको कारिदाश नेपालका मध्य तथा शुदुरपश्चिम कोडिनेटर जनक शर्माले बताए ।

पुर्ण बिस्थापित, आंशकि बिस्थापित र जोखिमका आधारमा राहत बितरण गरिएको छ । राहत सामग्री ल्याएर कारितास नेपाल र फियान नेपाल बाजुरामा पुगेको फियान नेपालका क्षेत्रिय कोडिनेटर शुरेस गौतमले बताएका छन् । राहत साम्रगी पाएपछि पिडित खुशि भएका छन् । जंगलको बिचमा बास बर्ने गरेको थियौ, न खाने अन्न थियो, चिसो छेक्ने लुगानै थियो, राहत पाएपछि निकै नै सहज भएको रजालकि पिडित मान सिंह विकले बताए ।

साउन १ गते बिस्थापित भएका थियौ, एक हप्ता पछि मात्र तिन चार परिवारलाई एक पालका दरले प्रशासनले दिएको थियो, त्यसपछि अहिले राहत पाएका पिडत हर्क विकले वताएका छन् । त्यसैमा त गरिब अर्को तिर पहिरोले बिस्थापित बनाएपछि बिच्चलीमा भएका थियौ, अहिले राहत पाउदा केही सहज र राहतको महशुस भएको बताए ।

पहिरो पिडतका लागि बाजुरामा पहिलो पटक ठुलो मात्रामा राहत बितरण भएको गैर सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष काशि बिकले वताएका छन् । मिडियाको भुमिका कारण ठुलो परिणाममा राहत आएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताएका छन् । नेपाल रेडक्र सोसाईटि भने पहिरो पिडितका लागि राहत संकलनमा ध्यान गएको छैन् । बर्षादका कारण बाजुरा जिल्लानै पहिरोको उच्च जोखिममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्