पाँचथरमा चट्याङ लागेर बालकको मृत्यु


१८ असोज । चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् ।

उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्