पाँच घन्टामै आयो, चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


१ फागुन । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेको केही घन्टाभित्रै सर्वोच्च अदालतले चन्दको नियुक्तिको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । पहिलो वरियताका नवराज सिलवाल र दोस्रो वरियताका प्रकाश अर्याललाई पन्छाउँदै आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद्को बैठकले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

एउटै मितिमा प्रहरी निरीक्षक भई अहिले डीआइजी रहेका ११ जनाको कार्यसम्पादन फाइल मगाउने निर्णय पनि सर्वोच्चको अन्तरिम आदेशमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्